दफा २५२
आपराधिक विश्वासघात गर्न नहुनेः

(१) कसैले आपराधिक विश्वासघात गर्न वा गराउन हुँदैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि कसैले देहायको कुनै काम गरेमा निजले आपराधिक विश्वासघात गरे वा गराएकोमानिनेछ:-
(क) आफ्नाे जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्नाे निमित्त प्रयोग गरेमा वाकुनै प्रकारले रुपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा शर्तनामा वा कानूनविपरीत बेइमानीपूर्वक आफ्नाे निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाईअरुलाई दिएमा वा दिलाएमा,
(ख) अर्काको कुनै काम कारोवार गर्ने जिम्मा लिएको वा कानूनी कर्तव्य पालन गर्नु पर्ने जिम्मेवारी भएकोव्यक्तिले वा कुनै काम कारोवारका सम्बन्धमा अर्काको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्तिले आफू वाअरु कसैलाई फाइदा पु¥याउनको लागि आफ्नाे कर्तव्यको विपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनैहानि, नोक्सानी वा क्षति पुर्याएमा ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई देहाय बमोजिमको सजाय हुनेछ:-
(क) कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिको हैसियतले कुनै व्यक्तिले वा कुनैसम्पत्ति एक ठाउँबाट अर्को ठाउँमा पुर्याइ दिने वा गोदाम वा अन्य कुनै ठाउँमा सुरक्षित साथ राख्नेजिम्मा लिएको वा त्यस्तोे गर्ने कानूनी कर्तव्य भएको व्यक्तिले आपराधिक विश्वासघात गरेमा पाँचवर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्म जरिबाना,
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक अरु कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजाररुपैयाँँसम्म जरिबाना वा दुवै सजाय ।